महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन
शनिबार, चैत २४, २०८०
एक सर्वेक्षण अनुसारः ७० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
शनिबार, चैत २४, २०८०
पछिल्लो पटक नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले त नागरिक माझ सर्वेक्षण नै गराएको छ । जसमा ७० प्रतिशत नागरिक सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी
शुक्रबार, चैत २३, २०८०
विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
एक सर्वेक्षणको रिपोर्ट अनुसार: चुरोट पिउने एक नेपालीको खर्च १८ लाख बढी
शुक्रबार, चैत २३, २०८०
नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दै गएको अध्ययनले देखाएको । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणमा ३४.१ प्रतिशत नेपालीले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखिएको छ ।
सर्लाहीमा क्षयरोगी बढे, मृत्युदर दुई प्रतिशतमा झर्यो ।
शुक्रबार, चैत २३, २०८०
गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन् । योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन् ।
नेपालमा विद्युतीय चुरोटमाथि प्रतिबन्ध लगाइँदै
शुक्रबार, चैत २३, २०८०
स्वास्थ्य प्रवद्र्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका प्रमुख समेत रहनुभएका डा.केसीका अनुसार नेपालमा वार्षिक ३२ अर्ब बराबरको विद्युतीय व्यापार हुने गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा देशभरी जम्मा २६.५४ प्रतिशत जनसंख्या आवद्ध ।
शुक्रबार, चैत २३, २०८०
शुक्रबार आठौं स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्ड गरेको पत्रकार सम्मेलनमा मुलुकको ७७ लाख ४१ हजार ४५३ जनसंख्या स्वास्थ्य बीमा आवद्ध भएको जानकारी दिइएको हो । उक्त जनसंख्या कुल जनसंख्याको २६.५४ प्रतिशत हुन आउँछ ।
बजेट अभावले देशका बिभिन्न अस्पतालको भवन निर्माण रोकियो, तालुक निकाय मूकदर्शक ।
शुक्रबार, चैत २३, २०८०
१७ मंसिर २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ ३९६ आधारभूत अस्पतालको शिलान्यास समेत गरेका थिए । तर तीन वर्ष पुगि सक्दा पनि कतिपय अस्पतालको प्रारम्भिक रिपोर्ट समेत बन्न सकेको छैन ।
वैशाख १६ गतेदेखि यी ७ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइने
बिहीबार, चैत २२, २०८०
नेपालमा विगतमा ६० जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो। ५३ वटा जिल्लामा औषधि वितरण कार्यक्रम बन्द भइसकेको छ।
पूर्वमन्त्री शाही र दुई पूर्वसचिवसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, चैत २२, २०८०
१ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी गरेको अभियोग
कतार सरकारद्वारा बाल अस्पताल परियोजनामा सहयोग गर्ने प्रस्तावः कान्ति र किओचको प्रतिस्पर्धा
बिहीबार, चैत २२, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले कतारलाई सरकारी केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताललाई सुपरस्पेसियालिटीको बाल अस्पताल बनाउने नेपाल सरकारको प्रस्तावलाई सहयोग गर्न प्रस्ताव गरेका छन् । नेपालमा बाल स्वास्थ्यका लागि महत्वपूर्ण ठानिएको कान्तिलाई सुपरस्पेसियालिटी अस्पताल बनाउने दूरगामी महत्वको परियोजना हो ।
पोखरा विश्वविद्यालयलाई १०० शैय्याको शिक्षण अस्पताल सञ्चालन अनुमति
बिहीबार, चैत २२, २०८०
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले १ सय शैय्याको पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गरेको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एम.बि.बि.एस कक्षाको तयारी, प्रदेश सरकारद्धारा स्वास्थ्य कार्यालयको भबन हस्तान्तरण ।
बुधबार, चैत २१, २०८०
प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले एम.बि.बि.एसका कक्षाहरु सन्चालन यसै आर्थिक बर्षदेखि गर्ने गरि ब्यापक तयारी पारिएको जानकारी दिए।
साताको लोकप्रीय


