त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा
बिहीबार, साउन १०, २०८१
विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
बिहीबार, साउन १०, २०८१
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।
टेकु अस्पतालबाट भागेका युवकमा पनि देखियो हैजा, थप २ जनामा पुष्टि
बिहीबार, साउन १०, २०८१
ललितपुरको गोदावरीमा रहेको सुधारगृहबाट आएका अर्का २ जनामा पनि हैजा पुष्टि भएको छ । यसअघि गोदावरी नगरपालिका–१४ ठैबमा रहेको सुधार गृहमा रहेका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको थियो । ती किशोरको त शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ ।
बागमती प्रदेशका क्यान्सरपीडितलाई रु एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा
बुधबार, साउन ९, २०८१
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेकोछ ।
अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू
बुधबार, साउन ९, २०८१
माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा वसन्त पन्तले यही सातादेखि सेवा सुरू गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नयाँ प्रविधि भित्र्याएका छौँ । यसले नियमित सर्जरीमा भन्दा आधा जति छिटो समयमा नतिजा ल्याउन सहयोग गर्छ । सेवा...
संसदमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित)
बुधबार, साउन ९, २०८१
प्रतिनिधी सभामा डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । मंगलबार नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले पठायो ७५ बुँदे मार्ग दर्शन
बुधबार, साउन ९, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायलाई आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन सम्वन्धी ७५ बुँदे मार्गदर्शन पठाएको छ ।
काठमाडौँ उपत्यकामा आज देखि ४ दिन पोलियोबिरुद्धको विशेष खोप अभियान सञ्चालन गरिने
बुधबार, साउन ९, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुचारु
मंगलबार, साउन ८, २०८१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले टोकन प्रणाली तथा दुई सिफ्टमा ओपिडी सेवा सुचारु गरेको छ। अस्पतालका निर्देशक डा. युवानिधी बसौलाका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय प्रदीप पौडेलले काठमाडौका संघीय अस्पतालहरुलाई दिएको निर्देशन अनुसार दुवै सेवा अस्पतालले सुचारु गरेको हो।
कर्णालीलाई दुर्गम भन्न छाडे मात्रै डाक्टर पठाउन सजिलो हुन्छ : स्वास्थ्य सचिव पोखरेल
मंगलबार, साउन ८, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले कर्णालीलाई सधैँ दुर्गम भनिरहन नमिल्ने बताए । सोमबार काठमाडौंमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाठ्यक्रम निर्माण कार्याशाला कार्यक्रममा बोल्दै सचिव पोखरेलले यस्तो धारणा राखेका हुन् ।
साताको लोकप्रीय


