प्रदेश सरकारले सोधभर्ना नदिएपछि लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकट बन्द
मंगलबार, साउन १, २०८१
सरकारले सोधभर्ना नदिने भएपछि लुम्बिनीका प्रादेशिक अस्पतालहरुमा विगत २ वर्षदेखि लागू हुँदै आएको निःशुल्क टिकटको सुविधा हटाइएको छ । आज साउन १ गतेदेखि नै लागू हुने गरी लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा बहिरङ्ग सेवा तथा जनरल वार्डमा सेवाग्राहीले शुल्क तिर्नुपर्ने भएको हो ।
नव नियुक्त स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीहरुलाई भने, ‘उत्साह बोकेर आएको छु साथ दिनुहोला’
सोमबार, असार ३१, २०८१
नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयमा आफू उत्साहका साथ आएको भन्दै आफ्नो उत्साहलाई साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् । पदवहाली पछि कर्मचारीसंग परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।मन्त्री पौडेलले भने, ‘देशमा सबै तिर निरासा छ, केही गरेको सन्देश छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन...
स्वास्थ्य मन्त्री पौडेलको स्वागत तथा पदवहाली : लिएनन् बुके, लगाएनन् खादा र माला
सोमबार, असार ३१, २०८१
शुभ कार्यमा होस् या कार्यप्रारम्भ गर्दा शुभकामनासंगै खादा र माला लगाइदिने नेपाली समाजमा प्रचलन नै छ । तर सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भई रामशाह पथस्थित मन्त्रालयमा कार्यभार सम्हाल्न आएका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको गलामा भने न खादा थियो न त माला नै ।
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप सहित २२ सदस्यीय मन्त्रीको सपथ
सोमबार, असार ३१, २०८१
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन्।
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
आइतबार, असार ३०, २०८१
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल नेपाली कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसको भागमा
आइतबार, असार ३०, २०८१
प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सोमबार ११ बजे सपथ ग्रहण हुने कार्यक्रम तय भइसकेको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार ११ बजे प्रधानमन्त्रीका रुपमा ओलीले सपथ लिएका छन् । त्यहीँ अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा कार्यक्रम तय गरेको हो ।
सामानको भुक्तानी नभएपछि असुलउपर गर्न प्रहरीसहित नरदेवी अस्पतालमा पुगे सप्लायर्स
शनिबार, असार २९, २०८१
नरदेवी अस्पतालले खरिद गरेको सामग्रीको लामो समयदेखी भुक्तानी हुन नसकेको भन्दै सप्लायर्सहरु प्रहरीसहित शुक्रबार अस्पताल पुगेका छन्। अस्पतालले सामान लिएर पनि लामो समयसम्म पनि भुक्तानी गर्न आनाकानी गरेपछि उक्त अवस्था आएको सप्लार्यसले बताएका छन्।
स्वास्थ्य मन्त्रालयले पठाएका छात्रवृत्ति चिकित्सक फिर्ता पठाए निर्देशकले
शुक्रबार, असार २८, २०८१
प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनलाई समेत अवज्ञा गरेको पाइएको छ । सरकारले छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कर्णाली खटाउँदा उनले फिर्ता पठाएका छन् ।
पहिलाे पटक स्वास्थ्य सेवा विभाग द्वारा त्रिपक्षीय सम्झौता गराएर स्वास्थ्य सामग्री हस्तान्तरण
शुक्रबार, असार २८, २०८१
अस्पताल, सप्लायर्सलाइ जिम्मेवार र पारदर्शिता बनाउन पहिलाेपट स्वास्थ्य सेवा विभागले तीन निकाय बिच औजार उपकरण हस्तान्तरणमा सम्झौता गरिएको छ । शुक्रबार एक कार्यक्रम गरि विभागले संघीय तथा प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेकाे छ । ५, १०, १५ वेडका आधारभूत अस्पताल, प्रदेश, संघीय, जिल्ला अस्पतालको क्षमता र जनशक्ति पहिचान...
साताको लोकप्रीय


