Swasthya Awaj
विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।
टेकु अस्पतालबाट भागेका युवकमा पनि देखियो हैजा, थप २ जनामा पुष्टि
टेकु अस्पतालबाट भागेका युवकमा पनि देखियो हैजा, थप २ जनामा पुष्टि ललितपुरको गोदावरीमा रहेको सुधारगृहबाट आएका अर्का २ जनामा पनि हैजा पुष्टि भएको छ । यसअघि गोदावरी नगरपालिका–१४ ठैबमा रहेको सुधार गृहमा रहेका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको थियो । ती किशोरको त शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ । 
बागमती प्रदेशका क्यान्सरपीडितलाई रु एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा
बागमती प्रदेशका क्यान्सरपीडितलाई रु एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेकोछ ।
संसदमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित)
संसदमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित) प्रतिनिधी सभामा डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । मंगलबार नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।
कर्णालीलाई दुर्गम भन्न छाडे मात्रै डाक्टर पठाउन सजिलो हुन्छ : स्वास्थ्य सचिव पोखरेल
कर्णालीलाई दुर्गम भन्न छाडे मात्रै डाक्टर पठाउन सजिलो हुन्छ : स्वास्थ्य सचिव पोखरेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले कर्णालीलाई सधैँ दुर्गम भनिरहन नमिल्ने बताए । सोमबार काठमाडौंमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाठ्यक्रम निर्माण कार्याशाला कार्यक्रममा बोल्दै सचिव पोखरेलले यस्तो धारणा राखेका हुन् ।
स्वास्थ्य क्षेत्र सुधारका सुझाव इमेल र ह्वाट्स एपमा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह
स्वास्थ्य क्षेत्र सुधारका सुझाव इमेल र ह्वाट्स एपमा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि सुझाव माग गरेका छन्। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने भन्दै सुझाव माग गरेका हुन्।
Weather Update